प्रदेश १ का मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिदै 

प्रदेश १ का मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिदै 

Sherdhan-Rai CM P1

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह विवाह बन्धनमा बाँधिने भएका छन् । राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको जनाइएको छ । दुलहीको नाम भने खुलाइएको छैन ।

मुख्यमन्त्री राई निकट स्रोतका अनुसार अमेरिकामा बसोबास गर्दै आएकी युवतीसँग विवाह हुने पक्का भएको हो । युवतीका आमाबुबा अमेरिकामा बस्दै आएको बताइएको छ।

विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुनेछ।

विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारी लगायतको सहभागिता रहने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ