विवेकशील साझामा यौनिक अल्पसंख्यकको ईन्द्रेणी विभाग, प्रमुखमा मोडल समाइरा श्रेष्ठ

विवेकशील साझामा यौनिक अल्पसंख्यकको ईन्द्रेणी विभाग, प्रमुखमा मोडल समाइरा श्रेष्ठ

samaira-shrestha-in

काठमाडौं । ठूला दलले लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्न नसकिरहेको आरोप लागिरहेको बेला विवेकशील साझा पार्टीले भने विभाग नै गठन गरेको छ । लैंगिक अल्पसंख्यकलाई समेटेर विभाग गठन गर्ने पहिलो नेपाली दल विवेकशील साझा बनेको छ ।

रविन्द्र मिश्र नेतृत्वको यो दलले पार्टीका १८ विभागमध्ये एउटालाई इन्द्रेणी विभाग नाम दिएको छ । लैंगिक अल्पसंख्यक (एलजीबीटीआइक्यू) अर्थात तेस्रो लिंगी समुदायको हितमा काम गर्ने उद्देश्यले यो विभाग गठन गरेको अध्यक्ष मिश्रले जनाएका छन् ।

पार्टीको केन्द्रिय सदस्य समेत रहेकी समाइरा श्रेष्ठले यो विभागको नेतृत्व गर्ने भएकी छिन् । समाइरा मोडल समेत उनी । उनले थुप्रै ¥याम्प सोमा सो–स्टपरको रुपमा प्रस्तुति दिएकी छिन् । उनी बेला बेलामा सामाजिक काममा पनि क्रियाशिल छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ