गोरखा । दसैं तिहारको समयमा जुवाको खालबाट बरामद गरिएको एक लाख रुपैयाँ बढी रकम जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले आफैंले राखेको खुलेको छ । बरामद भएको दुई महिनासम्म पनि उनले सो रकम आफैले राखेको भेटिएको हो ।
दसै तिहारको समयमा इलाका प्रहरी कार्यालय जौवारीले करिव ६९ हजार रुपैयाँ जुवाको खालबाट बरामद गरेको थियो । उक्त रकम इन्चार्ज प्रहरी निरीक्षक ईश्वर लौडारीले तिहारलगत्तै जिल्ला प्रहरी कार्यालय पठाएका थिए । त्यस्तै इलाका प्रहरी कार्यालय ठाटीपोखरीले बरामद गरेको करिब ५० हजार रुपैयाँ इन्चार्ज प्रहरी निरीक्षक सोमदास ढकालले पनि जिल्ला प्रहरी कार्यालय पठाए । तर दुवै ठाउँबाट बरामद भएको उक्त रकम हालसम्म राजश्वमा दाखिला भएको छैन ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले पनि हालसम्म त्यो रकम राजश्वमा दाखिला नगरेको स्वीकार गरेका छन् । बरामद भएको दुई महिनासम्म पनि आफैंले राखेको उक्त रकम अब दाखिला गर्ने उनले बताए ।
जुवाको खालबाट बरामद रकम जतिसक्दो चाँडो राजस्वमा दाखिला गर्नुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याल बताउँछन् । बरामद रकम तुरुन्त राजस्मा दाखिला गरेर जुवाडेलाई मुद्दा चलाउनुपर्नेमा त्यसो नहुँदा प्रहरी अधिकारीको बदनियत देखिएको उनको भनाइ छ । यसमा कारबाही अघि बढाउने अर्यालले प्रतिबद्धता जनाएका छन् ।
असोज १ गतेदेखि मंसिर मसान्तसम्म गोरखा जिप्रकामा जुवाका तीनवटा मात्र मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर, यी दुवै क्षेत्रबाट पक्राउ परेका जुवाडेविरुद्ध मुद्दा दर्ता पनि नभएको र जुवाको खालबाट बरामद रकम पनि हालसम्म राजस्वमा दाखिला भएको छैन ।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला