एजेन्सी । विश्वकाे महाशक्ती राष्ट्र अमेरिकाकाे बागडाेर आजदेखि जाेय वाइडेनले सम्हाल्दै छन् । बहालवाला राष्ट्रपति डाेनाल्ड ट्रम्पका समर्थकले गर्न सक्ने हिंसालाई मध्यनजगर गरेर पुरै देशकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ । ह्वाइट हाउस र संसद भवनलाई सेनारले सुरक्षा घेरामा राखेका छन् ।
अमेरिकी इतिहासमै अराजक राष्ट्रपतिका रुपमा दर्ज भएका ट्रम्पकाे शासन आजबाट अन्त्य हुँदैछ । तर ट्रम्पले फेरि राष्ट्रपति बन्ने खालकाे सम्बाेधन गरेका छन् ।
ट्रम्पले आफ्नो अन्तिम अर्थात बिदाई सम्बोधनमा आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् । ह्वाइट हाउस छोड्नु पूर्वको सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘हामी जे गर्नका लागि आएका थियौँ त्यो गर्यौँ, र त्यो भन्दा धेरै गर्यौँ ।’
ट्रम्पले केहीदिन अघि नै रेकर्ड गरेको भिडियो सम्बोधन मंगलबार युट्युबमा पोस्ट गरिएको हो । उनले भनेका छन्, ‘मैले अति कठीन युद्ध लडेँ, गाह्रो संघर्ष गरेँ… किनकी तपाईँहरुले मलाई त्यसकै लागि निर्वाचित गर्नु भएको थियो ।’
ट्रम्पले गएको नोभेम्बर ३ मा भएको चुनावको नतिजा अझै पनि पूर्णरुपमा स्वीकार गरेका छैनन् । सो चुनावमा उनी जो बाइडेनसँग पराजित भएका थिए । राष्ट्रपतिका रुपमा ट्रम्पको अन्तिम दुई हप्ता निन्दा र आलोचनाको घेरामा रह्यो अरु समयको भन्दा । उनको उक्साहटमा समर्थकहरुले नतिजा उल्ट्याउने प्रयास स्वरुप जनवरी ६ मा संसद भवनमा हिंसात्मक आक्रमण गरे ।
सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गयो । हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ । ट्रम्पले भिडियो सम्बोधनमा भनेका छन्, ‘हामीले अमेरिकीका रुपमा गर्व गर्ने सबै कुरामाथिको आक्रमण हो राजनीतिक हिंसा ।’
सम्बोधनमा ट्रम्पले आफूपछि सत्ता सम्हाल्न आउँदै गरेको जो बाइडेनको नाम लिएका छैनन् । आफ्नो प्रशासनले विश्वकै इतिहासमा बलियो अर्थतन्त्र निर्माण गर्न सफल भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘हाम्रा एजेण्डाहरु वामपन्थ वा दक्षिण पन्थ, रिपब्लिकन वा डेमोक्र्याटका लागि थिएनन्, देशको हितका लागि थिए । पूरै देशका लागि ।’
ट्रम्प अमेरिकी इतिहासमै सबैभन्दा ‘अनपपुलर’ (अप्रुभल रेट मात्रै ३४ प्रतिशत) राष्ट्रपतिका रुपमा बिदा हुँदै छन् ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु