नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पक्षमा लागेका नेता तथा कार्यकर्तालाई आफू नेतृत्वको पार्टीमा आउन आग्रह गरेका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै नेपालले आफू नेतृत्वको पार्टी मूल पार्टी भएको दाबी गर्दै आफ्नो पक्षमा लाग्न आग्रह गरेका हुन् ।
केपी गुट कम्युनिस्ट नै नभएको दाबी गर्दै उनले भने, ‘केपीको गुट एउटा सडकमा उडेको धुलो हो, त्यो गुटमा जो जान्छन् धुलैधुलोले डुब्छन् ।’ अध्यक्ष नेपालले भने, ‘तिनीहरु कम्युनिस्ट नै होइनन् । त्यसैले आमनेता तथा कार्यकर्ता मूल पार्टीमा फर्किनुहोस् । केपीको गुलियो कुरामा नभुल्नुस् ।’ जनतासामु नक्कली कुरा गर्न सिपालु केपी ओलीको विश्वसनीयता नै गुमिसकेको उनको आरोप छ ।
नेपाल कम्युनिष्ट पार्टी आफ्नो भएको दाबी गर्दै अब पार्टीको नाममा ओलीले अरु कुनै नाम जोड्नुपर्ने बताए। ‘नेकपा ओलीले अब पार्टीको नाम ओली गुट वा गोली गुट लेखे हुन्छ,’ उनले भने। उनले केपी ओलीको धुलो पार्टी भएको समेत बताए। ओलीले दिने विभिन्न लोभ र पदमा लागेर नजान समेत उनले आग्रह गरे। ‘केपी ओलीको भविष्य छैन। कोही मिठो बोलीमा भुलेर जानु भएको छ भने आउनुहोस्,’ नेता नेपालले भने।
पार्टीलाई विधिवत् रुपमा सञ्चालन गर्न जोड दिँदा केपी ओलीको छाडापनका कारण पार्टीमा अहिलेको अवस्था सिर्जना भएको उनले बताए । नेपालले सम्पूर्ण नेता कार्यकर्तालाई पूर्वएमाले, पूर्वमाओवादी भन्ने मानसिकता त्यागेर आफू नेतृत्वको नेकपामा आउन आग्रह गरे ।
‘मैले १५ वर्षसम्म पूर्वएमालेको नेतृत्व गरेको हुँ, प्रचण्डजीले पनि झण्डै ३ दशक पूर्वमाओवादीको नेतृत्व गर्नुभएको हो,’ नेपालले भने, ‘हामी पदका लागि लोभ गर्दैनौँ । हामी त विधिवत् रुपमा अघि बढ्न चाहन्छौँ ।’
प्रतिगमनकारी तत्वहरु सलबलाइरहेको अवस्थामा केपी ओलीले संसद विघटन गरेर गणतन्त्रमाथि नै प्रहार गरेको नेपालको आरोप छ । केपी ओली व्यक्तिगत र गुटगत प्रवृत्ति रोप्ने मानिस भएको भन्दै नेपालले उनी कम्युनिस्ट नै नभएको आरोप लगाए ।
‘जसले बच्चा जन्माएको छैन । उसलाई के को माया भनेजस्तै केपीलाई गणतन्त्रको कुनै माया छैन,’ उनले भने, ‘गणतन्त्रको विरोध गर्ने मानिसको कुनै अपनत्व छैन ।’
नेकपाले ओलीलाई कारबाही गरिसकेको र संसद पुनस्र्थापना गरेर राजनीतिबाट नै बाईबाई गर्ने भन्दै नेता नेपालले ओली नेतृत्वको समूह चोइटिएर गएको एउटा सानो गुट भएकाले त्यसको कामै नभएको बताए ।
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति आपत्ति
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
बालेन्द्र शाहको तारिफ गर्दै सुनिताले भनिन्: पूर्वमेयर प्रधानमन्त्री हुँदा महानगरको प्रतिष्ठा बढ्यो
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?