प्रचण्डको चेतावनी- छोएर त देखाऊ !

प्रचण्डको चेतावनी- छोएर त देखाऊ !

prachanda

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्‍यो । संसद् विघटनविरुद्ध संघर्षरत नेकपाले राजधानीको विभिन्न नौ स्थानबाट जुलुस निकाल्यो । जुलुसले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाएको थियो ।

नेकपाले आज एक लाख जनता सडकमा उतार्ने उद्घोष गरेको थियो । सोहीअनुसार जनता सडकमा उपस्थित भएको नेकपाका नेताहरु बताउँछन् ।

जुलुसपछिको कार्यक्रमलाई स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल र अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गरे ।

प्रचण्डको चेतावनी- छोएर त देखाऊ 
प्रधानमन्त्री केपी शर्मा ओली निकटहरुले प्रतिनिधिसभा विघटनविरुद्को प्रदर्शनमा सहभागी हुन चाहने कर्मचारी, पेसाकर्मीहरुलाई रोकेको बताए । उनले नरोक्न चेतावनी पनि दिए ।

प्रदर्शनमा सहभागी हुने पेसाकर्म, कर्मचारीहरुको रेकर्ड राख्ने रे केपी ओलीका साइबर स्यालहरुले । अनि कारबाही गर्ने भनेर धक्की दिएको सुनेँ । व्यवसायीहरुको रेकर्ड राख्ने रे । छोएर त देखाऊ, उनको चेतावनी थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ