रोट्याक्ट कल्ब अफ न्युरोड पोखराद्वारा विद्यार्थीलाई स्टेसनरी सामाग्री सहयोग

रोट्याक्ट कल्ब अफ न्युरोड पोखराद्वारा विद्यार्थीलाई स्टेसनरी सामाग्री सहयोग

jhola

रोट्याक्ट कल्ब अफ न्युरोड पोखराद्वारा विद्यार्थीलाई सहयोग
पोखरा ।

रोट्याक्ट कल्ब अफ न्युरोड पोखराले विद्यार्थीलाई झोला तथा स्टेसनरी सामाग्री सहयोग गरेको छ । आफ्नो आठौं स्थापना दिवसका अवसरमा सिदार्थ प्राथमिक विद्यालय काहुँखोलाका कक्षा १ देखि ४ सम्म अध्ययनरत विद्यार्थीलाई झोला तथा स्टेसनरी सामाग्री वितरण गरिएको अध्यक्ष सौरभ वाग्लेले जानकारी गराए ।


रोट्याक्ट कल्ब अफ न्युरोडले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । समुदायमा रहेर संस्थाको मर्मअनुसार कल्बले कार्यक्रमको आयोजना गर्ने गरेको उनले जानकारी गराए ।
गरिब परिवारका विद्यार्थीलाई झोला तथा स्टेसनरी सामाग्री सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताए । वाग्लेका अनुसार संस्थाले आगामी दिनमा पनि विद्यार्थीका लागि झोला तथा अन्य आवश्यक सामाग्री सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ