तनहुँ । जिल्लामा २० हजारभन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार गत पुस ५ गतेसम्म जिल्लामा २० हजार २४ मतदाता थपिएका हुन् ।
यसअघि २०७४ सालको निर्वाचनमा जिल्लामा दुई लाख ११ हजार ३९६ मतदाता थिए । गत पुस ५ गतेभन्दा अगाडि दुई लाख ३१ हजार ४२० मतदाता पुगेका छन् । “यसबीचमा २० हजार २४ मतदाता थपिएको अवस्था छ, अद्यावधिक सकेपछि वास्तविक मतदाता पहिचान हुनेछन्”, निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले भने ।
तनहुँमा गत निर्वाचनमा दश वटै स्थानीय तहमा गरी १३६ मतदानस्थल र २६५ मतदान केन्द्र रहेका छन् । सरकारले वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेसँगै तनहुँमा निर्वाचनको तयारी शुरु गरिएको छ ।
कार्यालय प्रमुख शर्माका अनुसार माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ । कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा सहायक नामदर्ता अधिकारी तोकिसकेको छ । उनका अनुसार सहायक नाम दर्ता अधिकारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
गत पुस ५ गतेसम्ममा मतदाता नामावलीका लागि नाम सङ्कलन भई सोही मितिसम्म १८ वर्ष पुगेका व्यक्तिहरुको नामावली अद्यावधिकका लागि सबै स्थानीय तहमा नामावली पठाइने प्रमुख शर्माले बताए। त्यसपछि मतदाता नामावली प्रकाशन, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्च्याउनका लागि निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजूरी दिने, दोहोरो नाम हटाउन निवेदन दिनेलगायत कार्य गरिनेछ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी एवं मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष सागर आचार्यले निर्वाचनको तयारीका लागि दुई पटक बैठक बसी आवश्यक तयारी शुरु गरिएको जानकारी दिए । उनका अनुसार जिल्लामा मतदान केन्द्र हेरफेर र पुनरावलोकनका लागि छलफल भए पनि टुङ्गो लाग्न बाँकी छ । “राजनीतिक दलहरुका तर्फबाट मतदान केन्द्र थप्न प्रस्ताव आएको छ”, उनले भने, “माघ १३ र १४ गते पुनः बैठक बस्छौँ, त्यसपछि केही टुङ्गो लाग्ला ।”
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’