पोखरामा छतमा बसी टिकटक बनाउने क्रममा बालिकाको लडेर मृत्यु

पोखरामा छतमा बसी टिकटक बनाउने क्रममा बालिकाको लडेर मृत्यु

Girl-Dead

सानो असावधानीले पनि ठूलो दुर्घटनाको शिकार बन्नुपर्ने हुन्छ । साना बालबालिकालाई एक्लै छाड्दा ज्यान नै गुमाउनुपरेका घटना हामीलाई थाहा छ । पोखरामा नाला छेउमा खेल्न जाँदा बच्चाहरु बगेका छन्, होलीमा छतबाट लड्न पुगेको छ । सडकमा निस्कँदा गाडीहरुले किचेका छन् । यस्तै घटना फेरि दोहोरिएको छ ।

पछिल्लो समय किशोरकिशोरीको लत बनेको सामाजिक सञ्जाल टिकटकको कारण पोखरामा बालिकाको ज्यान गएको छ । टिकटक भिडियो बनाउने क्रममा अचानक लड्न जाँदा बालिकाको ज्यान गएको प्रहरीले जानकारी गराएको हो ।

गत माघ ११ गते आइतवार पोखरा महानगरपालिका-१४ मनकामनाटोल बस्ने ८ वर्षकी प्रनिषा बाँनिया घरको छतमा बसेर टिकटक बनाउने क्रममा अचानक लड्न पुगिन् । प्रहरीका अनुसार उनी गम्भिर घाइते भइन र पोखराको अमरसिंहचोक स्थित पार्कल्याण्ड अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरे ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साना बालबालिकालाई एक्लै छतमा, सडकमा, नाला वरपर नछाड्न यस्ता घटनाले सचेत गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ