युट्युबमा केही समयअघि सम्म ट्रेन्डिङमै थिए अर्जुन बिक । छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा उनी एकाएक भाइरल बने । श्रीमतीले धोका दिएर छोडेकी भन्दै छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गर्दा उनको दिन फेरिएको थियो । उनले आफ्नो सानो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बोकेर ठेला गुडाउँदै गरेका कारण सहानुभूति बटुलेका थिए । त्यसपछि उनलाई विश्वभरका नेपालीहरुले सहयोग गरे ।
तस्बिर भाइरल भएपछि उनले छोरो जन्मिएको ४ महिनापछि श्रीमतीले छाडेर गएको र आफैले दुःख गरेर छोरालाई हुर्काइरहेको बताउँदै आएका थिए। युट्युबरहरुको खेती नै बनेको थियो उनीसँगको अन्तर्वार्ता । उनको जीवनीमा आधारित ‘बिहानी’ बोलको गीत र भिडियो चलचित्र समेत सार्वजनिक भएको छ। अन्य दर्जनौं भिडियोहरुमा मोडलिङ समेत गर्न भ्याए । आफै गीत पनि गाएका छन् ।
उनकी श्रीमतीले भनेको कुरा युट्युबरले पनि हाइलाइट गरेनन्, युट्युब हेर्नेले पनि सुनेनन् । अर्जुन मात्र हिरो बनाइयो । अहिले उनकी श्रीमतीले भनेको कुरा सत्य हुन पुगेको छ । अहिले उनै अर्जुन बिक बलात्कार आरोपमा पक्राउ परेका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन्। उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।

उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गतेदेखि अपहरण गरेर ०७७ साउन १५ सम्म काठमाडौँ महानगरपालीका वडा नं १० देविनगरस्थित डेरामा नै बन्धक बनाएर ४ वर्षसम्म जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले बताए ।
उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी विकको निरन्तर खोजी गरिएको विष्टले बताए। खोजी क्रममा उनलाई काठमाडौंमा पक्राउ गरिएको उनले बताए। ‘उनलाई पक्राउ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ,’ उनले भने।
सम्बन्धित खबर
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ