पोखरा बस्दै आएका धादिङका जीतबहादुर सेतीमा हामफाले !

पोखरा बस्दै आएका धादिङका जीतबहादुर सेतीमा हामफाले !

jeet dhd

पोखरा । धादिङ घर भई पोखरामा बस्दै आएका जीतबहादुर तामाङ विहीबार दिउँसो सेती नदिमा हाम्फालेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दिउँसो ३ बजेतिर ५० वर्षीय तामाङ पोखरा नदिपुरबाट मनिपाल जाने पुल (पूरानो) बाट सेतीमा हाम्फालेका हुन् ।

उनको धादिङको ठेगाना रुबीभ्याली गाउँपालिका वडा नं. ५ हो । तामाङ पोखरा ३ नदिपुर बस्दै आएका थिए ।प्रवक्ता डिएसपी सुवास हमालका अनुसार तामाङकै भाइ नाता पर्नेले हाम्फालेको जानकारी दिएपछि खोजी कार्य सुरु भएको र विहीबार साँझसम्म खोजी गर्दा समेत उनको अवस्थाबारे थाहा हुन सकेको छैन ।

खोजी कार्यमा नेपाल प्रहरीसँगै, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको थियो । वडा प्रहरी कार्यालय बगरबाट ईन्स्पेक्टर मुक्तिनाथ सापकोटाको कमाण्डमा ७ सदस्यीय टोली र त्यसपछि भगवती दल गण फुलबारीबाट मेजर नेत्र बहादुर नेपालीको कमाण्डमा २५ जना सेना टोली, कालिका सशस्त्र प्रहरी गणबाट ईन्स्पेक्टर लप्सन तामाङको कमाण्डमा ११ जनाको टोली खोजीमा जुटेका थिए ।

सेतीमा पानीको मात्रा कम भएकाले बगाएर लैजाने सम्भावना नभएकाले ढुंगाहरुको बीचमा अड्किएको हुन सक्ने उद्धार टोलीका सदस्यले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ