पोखरा । धादिङ घर भई पोखरामा बस्दै आएका जीतबहादुर तामाङ विहीबार दिउँसो सेती नदिमा हाम्फालेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दिउँसो ३ बजेतिर ५० वर्षीय तामाङ पोखरा नदिपुरबाट मनिपाल जाने पुल (पूरानो) बाट सेतीमा हाम्फालेका हुन् ।
उनको धादिङको ठेगाना रुबीभ्याली गाउँपालिका वडा नं. ५ हो । तामाङ पोखरा ३ नदिपुर बस्दै आएका थिए ।प्रवक्ता डिएसपी सुवास हमालका अनुसार तामाङकै भाइ नाता पर्नेले हाम्फालेको जानकारी दिएपछि खोजी कार्य सुरु भएको र विहीबार साँझसम्म खोजी गर्दा समेत उनको अवस्थाबारे थाहा हुन सकेको छैन ।
खोजी कार्यमा नेपाल प्रहरीसँगै, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको थियो । वडा प्रहरी कार्यालय बगरबाट ईन्स्पेक्टर मुक्तिनाथ सापकोटाको कमाण्डमा ७ सदस्यीय टोली र त्यसपछि भगवती दल गण फुलबारीबाट मेजर नेत्र बहादुर नेपालीको कमाण्डमा २५ जना सेना टोली, कालिका सशस्त्र प्रहरी गणबाट ईन्स्पेक्टर लप्सन तामाङको कमाण्डमा ११ जनाको टोली खोजीमा जुटेका थिए ।
सेतीमा पानीको मात्रा कम भएकाले बगाएर लैजाने सम्भावना नभएकाले ढुंगाहरुको बीचमा अड्किएको हुन सक्ने उद्धार टोलीका सदस्यले जनाएका छन् ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा