चालक अनुमतिपत्रको परीक्षाका लागि आवेदन दिन सुरु गरिएको अनलाइन प्रणालीमा फेरि समस्या देखिएको छ । अब जोसुकैले जहिले पनि आफै फाराम भर्न सकिने भनिएपनि सिष्टममा समस्या उही छ ।
आवेदकले अनलाइनमार्फत आफ्नो विवरण भर्ने क्रममा समस्या आइरहेको र समाधानका लागि प्रयास भइरहेको यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर पवित्र डंगोलले बताउका छन् । यस्तै अनलाइन प्रणालीमार्फत कति जनाले आवेदन दिए भनेर हेर्न पनि समस्या भइरहेको र समस्याबारे जानकारी गराए पनि समाधान भने नभएको उनको भनाइ छ ।
अहिलेसम्म २ लाखभन्दा धेरै व्यक्तिले अनलाइनमार्फत आवेदन दिएको अनुमान गरिए पनि प्रणालीमा देखिएको समस्याले कतिले आवेदन दिए भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहेको विभागको आइटी डाइरेक्टरसमेत रहेका वरिष्ठ कम्प्युटर इन्जिनियर डंगोल बताउँछन् ।
अनलाइन प्रणालीमार्फत आवेदन दिन लगाएर मात्रै नहुने भन्दै उहाँले बेलाबेला विभिन्न समस्याहरु आइरहने गरेको बताए । उनका अनुसार अहिले अनलाइन प्रणालीमा देखिएका समस्याको समाधान गर्ने काम भइरहेको छ ।
यस्तै, एउटा डिभाइसबाट एक दिनमा एकजनाले मात्रै अनलाइन आवेदन भर्न सकिने गरी सिष्टम बनाइएको थियो । विचौलियाहरुको धेरैे चलखेल गर्न नपाओस् भनेर यस्तो गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए ।
सम्बन्धित खबर
निर्वाचनका दिन क-कसलाई चाहिन्छ सवारी पास?
‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे होस् भन्ने पक्षमा ?’
दुर्गा प्रसाईं फेरि पक्राउ
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला