जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन्।
शनिबार साँझ प्रहरीले एलईडी सेटसहित भारतीय नम्बर प्लेटको गाडी र रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुई दिनदेखि जनकपुरधामको विभिन्न चोकमा भारतीय गाडीले बीबीसीले तयार पारेको डकुमेन्ट्री देखाइरहेको थियो।
एलइडी सेटसहितको गाडी रहेको छ। थप दुई वटा गाडी अझै रहेको छ, खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमले बताए।
डीएसपी बमका अनुसार, बी.आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर लगाएर जनकपुरको रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण भइरहेको थियो। प्रसारण भइरहेको क्रममा गाडीमै बसिरहेका रास्वपाका कार्यकर्ता विकास जयसवाललाई पक्राउ गरिएको छ।
निर्वाचन आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग गरी संवेदनशीलताको ख्याल नगरी चुनावको मुखमा बीबीसीको डकुमेन्ट्री प्रसारण गरिरहेकाले उनलाई नियन्त्रणमा लिइएको डीएसपी बमले बताए।
‘अहिले निर्वाचनको मुखमा प्रसारण गराउनेको उद्देश्य के रहेको बुझ्न सकिएन,’ डीएसपी बमले भने, ‘डकुमेन्ट्री प्रसारणले जनतामा निर्वाचनप्रति वितृष्णा उत्पन्न हुन सक्ने, सद्भाव बिग्रन सक्ने भन्ने गुनासो आइरहेकाले खोजी गर्दा स्टेशन एरियामा फेला परेको हो।’
दुई दिनदेखि रास्वपा कार्यकर्ताले डकुमेन्ट्री देखाइरहेको पाइएको छ। एउटा गाडी नियन्त्रणमा आए पनि अन्य दुई वटा गाडी फेला नपरेको उनले बताए।
सम्बन्धित खबर
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु