यहाँका बाढीपहिरोपीडित शीत झर्ने टहरामा बस्न बाध्य हुँदै आएका छन् । गण्डकी प्रदेशअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरो पीडित जाडो याममा शीतको टहरामा बस्दै आएका छन् ।
गत साउन ७ र ८ गते गएको बाढीपहिरो पीडित ८१ घरधुरीका स्थानीयवासी घरबारविहीन भएपछि सोही वडामा जस्तापाताको टहरामा बस्दै आएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा अस्थायीरूपमा निर्माण गरिएको जस्तापाताको टहरामा बस्नलाई समस्या हुने गरेको उनीहरूको भनाइ छ । चारैतिर जस्तापाताले अस्थायी टहरा निर्माण गरिएकाले पुस माघको चिसो मौसममा बिहान शीतले ओछ्यान भिज्ने गरेको गीता मगरातीले बताए । उनले भने , “घाम नलाग्ने बेलामा भित्र बस्दा पनि चिसो हुने गरेको छ, त्यही माथि जस्तापाताको बार र छानो रहेकाले शीतले गर्दा सुत्न बस्नलाई समस्या भइरहेको छ । हामी उमेर पुगेकालाई त जसोतसो गरेर पनि हुन्थ्यो, मेरो त पाँच र १५ महिनाका दुई बच्चा छन्, झनै समस्या भएको छ ।”
उनीहरूलाई चिसोका समयमा परेको शीतले गर्दा टहराभित्र राख्दा पनि चिसोले बिरामी भइरहेको उनले भने । त्यस्तै अञ्जु मगरातीले भन्नुभयो, “टिनको टहरा भएकाले शीत पर्छ, त्यस्तैले भकारी राखेर शीत तथा चिसो छल्ने गरेपनि भकारी नै भिजेर शीत ओछ्यानमै छिर्ने गरेकाले समस्या उत्पन्न भइरहेको छ । केही दिनबाट बढेको चिसोले झन् घरमा मेरो १० महिनाको बच्चा छ, बच्चालाई जति न्यानोसँग राख्न खोजे पनि चिसो नै हुने गरेको छ”, उनले भने । उनीहरू मात्र होइन यहाँ बसेका धेरै परिवारमा नौदेखि १० महिनाका बालबच्चा बढी रहेकाले उक्त समस्या उनीहरूमा पनि उस्तै छ । चारैतिर जस्तापाताले बनाइएकाले पुस माघमा जाडो र चैत वैशाखमा गर्मीले सुत्न बस्नलाई समस्या हुने बाढीपहिरोपीडित तारा अछामीले बताए ।
उनले भने , “यहाँ बालबच्चा र वृद्धवृद्धा नै बढी मर्कामा परेका छन् । तत्काल समस्या समाधान होलाजस्तो छैन ।” यहाँका बाढीपहिरो पीडितले स्थिररूपमा दिगो हुने गरी यहाँको समस्या समाधान छिटो गरिदिन सरकारलाई आग्रह गरेका छन् । यस वडाका वडाध्यक्ष प्रेमबहादुर बस्नेतले भन्नुभयो, “यो समयमा चिसो त भइहाल्छ, तर उनीहरूले चिसोले समस्या भयो भनेर गुनासो नगरेका छैनन् ।” उनका अनुसार उनीहरूका विविध समस्या समाधानका लागि वडा कार्यालयदेखि पालिकाले बाढीपहिरा पीडितका लागि निजी आवास पुनःनिर्माणको प्रयास गरेको छ । केही दिनअघि मात्र प्रदेश सरकारलाई यसबारे जानकारी गराउँदै निजी आवास पुनःनिर्माणका लागि आग्रह गर्छौँ । यससम्बन्धी प्रदेशमा कार्यविधि बनाउने तयारीमा रहेको र उनीहरूको निजी आवास पुनःनिर्माण कार्य अगाडि बढाउने जवाफ दिएको वडाध्यक्ष बस्नेतले बताए ।
विभिन्न सङ्घसस्थाले गरेको सहयोग रकममध्ये रु एक करोड रहेको र सो रकम उनीहरूलाई जग्गा खरिदका लागि दिने वडा कार्यालयले जनाएको छ । निजी आवास पुनःनिर्माणका लागि बाढीपीडितले जग्गा खोज्न थालेको वडा कार्यालयले जनाएको छ । सो अवधिमा बाढीपहिरोले तरापु पल्लोटारीका ८१ घरमध्ये २१ घर पूर्ण क्षति, ३२ घर आधाजस्तै भत्किएको र २८ घर उच्च जोखिममा परेको छ ।
सम्बन्धित खबर
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
लमजुङ कारागारको पर्खाल भत्किएपछि सबै कैदी र थुनुवालाई पोखरा र दमौली सारियो
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु