लमजुङ सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि कारागारमा रहेका सबै कैदी र थुनुवालाई छिमेकी जिल्ला तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागार पठाइएको छ।
कारागार कार्यालय बेंसीसहर, लमजुङमा ६ महिलासहित १०८ जना कैदी र थुनुवा थिए। एक जना थुनामा पठाउनुपर्ने पुरुष जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका छन्। उनीसहित १०९ जना कैदी र थुनुवालाई स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ।
कारागारको पश्चिमतिर रहेको कैदी र थुनुवा प्रवेश गर्ने एक मात्र ढोका (गेट) नजिकैको पर्खाल वर्षाका कारण बुधबार भत्किएको थियो। गेटसमेत भत्किने अवस्थामा पुगेपछि असुरक्षा महसुस गर्दै शनिबार कैदी र थुनुवालाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए।
कारागार प्रशासक बेनीबहादुर मोक्तानका अनुसार कारागार कार्यालय तनहुँ, दमौलीमा ३१ जना र कारागार कार्यालय कास्की, पोखरामा ७८ जना कैदी र थुनुवा पठाइएको हो। तीमध्ये ६ जना महिला दमौली पठाइएको जनाइएको छ। दमौली र पोखरा पठाइएकामध्ये कैदी ५ जना महिला र ५२ जना पुरुष छन् भने थुनुवा १ जना महिला र ५१ जना पुरुष रहेका छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ