चारदशक पहिले निर्माण गरिएको फेवातालको वाँधको मर्मत शुरु गरिएको छ । निर्माण भएको लामो समय वितिसक्दा समेत ड्याम मर्मत सम्भारको कार्य नभएका कारण तालको पानी चुहिएर सतह घट्ना थालेपछि फेवातालको पानीको सतह २ मिटर घटाएर मर्मत थालिएको हो ।
लामो समयदेखि ताल संरक्षणका लागि बनाइएको बाँध जीर्ण भएका कारण बाँध निर्माण गर्नका लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए।
गएरातिदेखि तालमा पानीको सतह घटाउन लागिएको हो । ड््याम मर्मतको कार्य एकमहिना भित्र सक्ने गरी अगाडी बढाइएको इन्जिनियर आचार्यले बताए ।
कार्यालयका अनुसार तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिनेछ । तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ । विंस २०३५ सालमा बनेको उक्त बाँधको तलको गेट र रम्बर मर्मतसम्हार गरे पछि तालमा पानीको सतह पुन पहिलेको लेभलमा आउने छ । मर्मतको काम सकिएपछि पुनः फिर्के र सेतीको पानीको ड्राइर्भट गरेर तालमा ल्याइने बताइएको छ ।
तालको पानीको सतह अकस्मात घटेपछी स्थानीहरू विनासूचना पानीको सतह घटाउदा समस्या भएको गूनासो गरेका छन् । फेवालातमा डुङगा चढेर दैनिकरुपमा पारी गाउँमा वारीपारी गर्दै आएका रामशरण पराजुलीले अकस्माता पानीको सतह घटाउदा नियमित पोखरा बजार आउँजाउ रोकिएको बताए ।
‘कम्तिमा एक हप्ता अगाडी सूचना दिएको भए, आवस्यक तयारी गर्ने थियौं,’ उनले भने, ‘एक्कासी पानी घट्दा समस्या भएको छ।’ तालमा पानीको सतह घटेपनि डुंगा ब्यबसायी र डुंगामा सयर गरेर दैनिकी चलाउनेहरुले समेत समस्या भएको बताएका छन् ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’