चारदशक पहिले निर्माण गरिएको फेवातालको वाँधको मर्मत शुरु गरिएको छ । निर्माण भएको लामो समय वितिसक्दा समेत ड्याम मर्मत सम्भारको कार्य नभएका कारण तालको पानी चुहिएर सतह घट्ना थालेपछि फेवातालको पानीको सतह २ मिटर घटाएर मर्मत थालिएको हो ।
लामो समयदेखि ताल संरक्षणका लागि बनाइएको बाँध जीर्ण भएका कारण बाँध निर्माण गर्नका लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए।
गएरातिदेखि तालमा पानीको सतह घटाउन लागिएको हो । ड््याम मर्मतको कार्य एकमहिना भित्र सक्ने गरी अगाडी बढाइएको इन्जिनियर आचार्यले बताए ।
कार्यालयका अनुसार तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिनेछ । तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ । विंस २०३५ सालमा बनेको उक्त बाँधको तलको गेट र रम्बर मर्मतसम्हार गरे पछि तालमा पानीको सतह पुन पहिलेको लेभलमा आउने छ । मर्मतको काम सकिएपछि पुनः फिर्के र सेतीको पानीको ड्राइर्भट गरेर तालमा ल्याइने बताइएको छ ।
तालको पानीको सतह अकस्मात घटेपछी स्थानीहरू विनासूचना पानीको सतह घटाउदा समस्या भएको गूनासो गरेका छन् । फेवालातमा डुङगा चढेर दैनिकरुपमा पारी गाउँमा वारीपारी गर्दै आएका रामशरण पराजुलीले अकस्माता पानीको सतह घटाउदा नियमित पोखरा बजार आउँजाउ रोकिएको बताए ।
‘कम्तिमा एक हप्ता अगाडी सूचना दिएको भए, आवस्यक तयारी गर्ने थियौं,’ उनले भने, ‘एक्कासी पानी घट्दा समस्या भएको छ।’ तालमा पानीको सतह घटेपनि डुंगा ब्यबसायी र डुंगामा सयर गरेर दैनिकी चलाउनेहरुले समेत समस्या भएको बताएका छन् ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस