पोखरा । पोखराको बाटुलेचौरमा एबीसी मिनी मार्ट आजदेखि सञ्चालनमा आएको छ । बाटुलेचौरकै पहिलो मिनी मार्टको रुपमा सञ्चालित एबीसीको आज चर्चित गायिका ईन्दिरा जोशीले उद्घाटन गरिन् ।
उक्त अवसरमा गायिका जोशीले युवाहरु विदेश छाडेर व्यवसायतर्फ लाग्नु निकै सह्रानीय भएको बताइन् । उनले युवाहरु एकजुट भएर उद्योग व्यवसायमा लागेमात्रै देश समृद्धितर्फ उन्मुख हुने स्पष्ट पारिन् । बाटुलेचौरको विकासमा यहाँकै स्थानीय लाग्नुपर्नेमा जोड दिंदै गायिका जोशीले सबैले एउटा एउटा व्यवसाय शुरु गर्ने हो भने यो ठाउँको रौनक निकै फरक हुने बताइन् ।

पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यले बाटुलेचौरमा पहिलो र सुविधायुक्त मार्ट सञ्चालन भएको भन्दै शुभकामना व्यक्त गरे । उनले यस ठाउँको विकासका लागि सबै नागरिक एकतावद्ध हुन आवश्यक रहेको स्पष्ट पारे ।
सञ्चालक दीपक बस्नेतले एबीसी मिनी मार्टमा शुरुआती चरणमा एक करोड लगानी गरिएको जानकारी दिंदै आवश्यकता अनुसार लगानी थप्दै र शाखासमेत विस्तार गर्दै जाने लक्ष्य राखिएको बताए ।
मार्टमा हाल पाँच जना कर्मचारी छन् । ‘ग्राहकलाई सरल मूल्यमा गुणस्तरीय सामान उपलव्ध गराउन हामी प्रतिवद्ध हुनेछौं । आशा छ हामी यो व्यवसायमा सफल हुनेछौं,’ सञ्चालक बस्नेतले भने, ‘बाटुलेचौर पोखराको एक पर्यटकीय क्षेत्र पनि भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा समेत यस संस्थाले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
मिनि मार्टमा डिजिटल विलिङ, डिजिटल पेमेन्ट सिस्टम, लोयल्टी कार्ड सिस्टम प्रयोग गरिएको उनले बताए ।कोरोना महामारीबाट विश्व नै आतङ्कित भइरहेका बेला हामीले व्यवसाय सञ्चालन गरिएको भन्दै उनले यस्तो अवस्थामा व्यवसाय सञ्चालन गर्नु निकै चुनौतीपूर्ण भएको स्पष्ट पारे ।
संकटपूर्ण अवस्थामा सबैभन्दा आवश्यकीय वस्तु भनेको खाद्य पद्धार्थ नै हो भन्ने शिक्षा कोरोना महामारीको समयले राम्रैसंग सिकाएको भन्दै बस्नेतले यसैबाट पाठ सिकेर हामीले यो व्यवसाय सञ्चालन गर्ने सोंच बनाएको र छोटो अवधिको तयारीमै सञ्चालन गर्न सफल भएको बताए ।
लामो समयदेखि फेन्सी व्यवसायसमेत सञ्चालन गर्दै आएका बस्नेत पाँच वर्ष जापान बसेर फर्किएका हुन् । उनले अब नेपालमै केही गर्नुपर्छ भनेर व्यवसाय रोजेको भन्दै यसमा पनि ग्रोसरी व्यवसाय महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला