गोरखामा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

गोरखामा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

Stop Violence Children And Abuse In Family Concept

सांकेतिक तस्वीर

गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी बालिका बलात्कृत भएकी छिन् । विद्यालयको शौचालयमा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षिय बालकलाई पक्राउ गरेको छ ।

विद्यालय छुट्टी भएर घर जाने बेला बालकले बालिकालाई शौचालयमा जवरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गत माघ २१ उक्त घटना भएको हो । २२ गते बालिकाको आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । बालिकाको स्वास्थ्य अवस्थाले उनी बलात्कृत भएको थाहा पाएको पीडित बालिकाको आमाले प्रहरी समक्ष बताएकी छिन् ।

बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले सामान्य रहेको चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीले ति बालकलाई पक्राउ गरी जवरजस्ती करणी अभियोगमा म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ