गाडी चलाउँदा चलाउँदै आफ्नै जिन्दगीको गाडीको झ्याप्पै ब्रेक लाग्यो लमजुङ मध्यनेपाल नगरपालिका ७, चिसंकुका पूर्ण सिंह गुरुङको । ठ्याक्कै एक वर्ष अघि माघ महिनामै पूर्ण सिंहको घाँटीमा सानो गिर्खा देखा परेको थियो । सानै घाउ ठाने । साहूको गाडी चलाएर बुवा, श्रीमती, तीन छोराको पालनपोषण गरिरहेका उनी तत्काल अस्पताल पनि गएनन् ।
बीचमा लकडाउन भयो । घाउले ठूलो रुप लिइसकेको थियो । गएको दशैंपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चेक गराउँदा क्यान्सरको भेउ पाए । थप उपचारका लागि गण्डकी मेडिकल कलेज पुगे । त्यहाँ क्यान्सर नै पुष्टि भएपछि चितवनको विपी मेमोरियल क्यान्सर हस्पिटल रेफर भए ।
थप उपचारका लागि उनले आर्थिक जोहो गर्न सकेनन् र गाडी चलाउने पूर्णसिंहको जिन्दगीको गाडीमा ब्रेक लागेजस्तै भयो । उपचार गर्न नसकेकै कारण उनले बिपी कोइराला क्यान्सर हस्पिटल छाडिसकेका थिए । सामाजिक अभियन्ता दिपक गुरुङलाई उनको अवस्थाबारे जानकारी भयो । उनी र उनका साथीहरु मिलेर “पूर्ण भाइ बचाउ“ अभियान सुरु भयो । त्यसपछि पूर्ण जितलाई बाँच्ने आश लाग्यो ।
पूर्ण सिंहलाई विश्व क्यान्सर दिवस कै दिन पारेर अगुवा दिपक गुरुङले ७ लाख १९ हजार ८९३ रुपैंया उनकै घर पुगेर हस्तान्तरण गरे । मध्येनेपाल ८, स्याली बजार घर भइ पोखरामा बाल कल्याण क्षेत्रमा कार्यरत दिपकले आफ्नो व्यक्तिगत फेसबुक पेजमा “पूर्ण भाइ बचाऊ“ आर्थिक सहयोग संकलन अभियान सुरु गरेर यति धेरै रकम जम्मा गर्न सकेका थिए ।
दिपक विगत १३ वर्ष बाट सामाजिक क्रियाकलापमा व्यस्त छन् । नेपालबाट दिपकले चालेको यो अभियानमा इजरायलबाट कमल गुरुङ र सानु गुरुङले साथ दिएर बैदेशिक रोजगारमा इजरायल पुगेका अन्य साथीहरुबाट पनि रकम उठाई उपलब्ध गराइएको थियो । इजरायलबाट मात्रै नगद एक लाख १३ हजार ५०० प्राप्त भएको थियो ।
सिङ्गापुर स्थित अभियन्ता अशोक गुरुङ, लाल बहादुर गुरुङ, भुपेन्द्र गुरुङ तथा याम बहादुर गुरुङद्वारा आयोजित आर्थिक संकलन अभियानमा उनीहरुका साथिहरु तथा लमजुङ परिवार सिङ्गापुरका विभिन्न व्यक्ति द्वारा नगद २ लाख ६५ हजार ५०३ संकलन गरी नेपाल पठाईएको थियो ।
कास्की घर भई हाल साउदी अरबमा कार्यरत दिपक पाण्डेले साउदीमा आफूलाई अभियन्ताको रुपमा चिनाई साउदी स्थित कार्यरत साथीहरु बाट नगद ३४ हजार ७०० र कतारबाट अभियन्ता प्रयास परियारद्वारा नगद २६ हजार पठाएका थिए ।
नगद हस्तान्तरण कार्यक्रममा अभियन्ता दिपक गुरुङले सम्पूर्ण सहयोग दाताहरु प्रति आभार प्रकट गर्नुका साथै बिशेष धन्यवाद सहित बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
कार्यक्रममा समाजसेवी नर्बु योल्मो तथा जस्सु गुरुङद्वारा सहजीकरणको भूमिका निर्वाह भएको थियो । तमु मै ता कार्यक्रमका संचालक युग गुरुङ द्वारा फेसबुक लाइभ गरिएको थियो भने उज्वल गुरुङद्वारा सो कार्यक्रमको भिडियो छायांकन गरिएको थियो।
पूर्ण सिंहको घाँटीको क्यान्सर उपचारार्थ माघ पहिलो सातासम्मै ३ लाख खर्च भइसकेको छ भने अहिले पनि उनी बिपी मेमोरियल क्यान्सर अस्पताल गएका छन् । पूर्ण पूर्ण निको नहुन्जेल सहयोगको आशमै छन् । जिन्दगीको गाडी स्वस्थ रुपमा चल्यो भने फेरि उनले गाडी चलाउनेछन्, उनमा आश जिवितै छ ।
सम्बन्धित खबर
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु