सरकारको असंवैधानिक कदमविरुद्ध खबरदारी गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा समाहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणासहितको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार कमलादास्थित प्रज्ञा भवनमा नेकपाका चार राजनीतिक दलले माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
सार्वजनिक संघर्ष कार्यक्रममा ६ फागुनमा बुटवल, १४ फागुनमा धनगढी र १८ फागुनमा इटहरीमा जनसभा आयोजना गर्ने जनाइएको छ । मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ९आहुति० नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।
चार दलबाट जारी तत्कालको रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल चयन गरिएको छ । साथै, अझैँ केहीलाई केन्द्रीय समितिमा थप गरिने जनाइएको छ ।
बिहीबार चार दलले मोर्चाको संघर्षको कार्यक्रम तय गरे पनि मोर्चाको अध्यक्षसहितको अन्य जिम्मेवारी तोकेको छैन । मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्ने बताइएको छ । त्इसपछि प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरुमा समेत समिति गठन गरिने पनि भनिएको छ । यसका साथै, मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण