काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति दोगडाकेदार गाउँपालिकाकै सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।
भागरथी बेपत्ता भएको दिन उनी बैतडीको खोचलेक बजारमा थिए । खोचलेक बजारमा उनले भागरथीको पिछा गरेको देखिएको प्रहरी अनुसन्धान बाट खुलेको छ ।
भागरथी मृत फेला परेको दिनदेखि भने उनले बैतडी छाडेका देखिएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको घरमा भागरथीको मोबाइलको ब्याट्री फेला पारेको थियो ।
भागरथीको मोबाइलको ब्याट्री फेला परे देखिनै प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । पछिल्लो समय उनी वनबासा नाका हुँदै भारत जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिलाई बैतडी प्युराइएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले आधिकारिक रुपमा भने भागरथी हत्या प्रकरणमा कोही व्यक्ति पक्राउ पारेको विषय सार्वजनिक गर्न मानेको छैन ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर