नेकपा प्रचण्ड-माधव समूहमा रहेका पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली समूहमा फर्किने तयारी गरिरहेको बताइएको छ ।
प्रचण्ड–माधव समूहबाट दुवैजना केपी समूहमा फर्किने तयारीमा रहेको जनाइएको छ । प्रचण्ड–माधव समूहमा आफूहरुको सही व्यवस्थापन हुने नदेखिएपछि दुवैजना ओली पक्षतर्फ नै फर्कन लागेको बताइन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई भागमा विभाजन भएपछि शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-माधव समूहमा लागेका थिए ।
तामाङ चुनावमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । यसअघि संयुक्त्त विज्ञप्ती जारी गर्दै तामाङ दम्पत्तिले विघटित संसदको पक्षमा नरहेको र ओली समुहको केन्द्रीय सदस्य स्विकार गर्न नसक्ने बताएका थिए ।
श्रीमती उषाकला र श्रीमान शेरबहादुर दम्पतीले थालेको अभियानले गर्दा गाँजा खेती कानुनी मान्यता दिलाउने विधेयक संसदमा दर्ता भइसकेको थियो । साथै उनीहरुले घरेलु रक्सीलाई ब्राण्डिङ बनाउनका लागि अभियान चलाइरहेका छन् ।
सम्बन्धित खबर
मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
सुनसरीमा दम्पती मृत फेला, घटना शंकास्पद
अब नेपालमा नपाइने क्यान्सरका दुर्लभ महँगो औषधि बिरामीलाई निःशुल्क दिने
कञ्चनपुरमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु
काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
आज २१२ औँ भानु जयन्ती मनाइँदै
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा