Gandak News
Our News Your Views

कांग्रेससहित ४ पार्टीका नेता भन्छन् : प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याए

प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा १३ वटा रिट परेका छन्। त्यसमा पक्ष/विपक्ष तथा एमिकस क्युरीका समेत बहस सकिएका छन्। अब सर्वाेच्च अदालतले यही हप्ताभित्र संसद् विघटन सदर वा बदरको फैसला गर्ने अपेक्षा गरिएको छ।

एमिकस क्यूरीमा समेत ८० प्रतिशत जज् आफ्नो कदम विरुद्ध उभिएपछि र पक्ष भन्दा विपक्षमा बहस गर्नेको तर्क बलियो भएपछि प्रधानमन्त्री केपी शर्मा ओली हतास देखिएका छन् । स्वतन्त्र अदालत (सर्वाेच्च) लाई नधम्क्याउन चेतावनी दिने गरेका प्रधानमन्त्री केपी शर्मा ओली  यतिबेला आफैं अदालतलाई धम्क्याउन पुगेका छन् ।

नेकपा ओली समूहले हिजो शनिबार विराटनगरमा आयोजना गरेको प्रदेश १ स्तरीय आमसभामा समूहका अध्यक्ष ओलीले देश र जनताका पक्षमा फैसला नआए आन्दोलन हुने चेतावनी दिएका थिए।

शनिबार आफू नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि अगाडि बढ्ने बताएका हुन्।

‘यदि कहीँ कुनै प्रकारको जालझेल, षड्यन्त्र टिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ’, उनले भने।

उनले यस्ता शक्ति को हुन भन्ने नखुलाए पनि उनको भनाइ अदालतप्रति लक्षित रहेको बुझ्न सकिन्छ।  त्यसयता प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याएको भन्दै विभिन्न दलका नेताहरूले आलोचना गरिरहेका हुन्।

यसै क्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले सामाजिक सञ्जामार्फत ओलीले अदालतलाई धम्की दिएको भन्दै आलोचना गरेका हुन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा १३ वटा रिट परेका छन्। त्यसमा पक्ष/विपक्ष तथा एमिकस क्युरीका समेत बहस सकिएका छन्।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस