पोखरा – कास्की प्रहरीले अवैध लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण व्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -१८ खपौंदीबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेमा खोटाङ जिल्ला वाकाचो -९ स्थायी घर भई हाल खपौंदीमा बस्दै आएका ३६ वर्षीय वीरबहादुर तामाङ र पोखरा -१७ घारीपाटन बस्ने २९ वर्षीय अरुण तामाङ रहेका छन् ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा लागु औषधसहित पक्राउ परेका उनीहरुको साथबाट डाईजेपाम १८ एम्पुल, फेनेरागन २४ एम्पुल, नुर्फिन ३१ एम्पुल गरी जम्मा ७३ एम्पुल सहित दुई थान मोवाइल बरामद गरिएको छ ।
यस्तै पोखराको भैरवटोलबाट लागु औषध सहित अर्का एक युवक पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -२ भैरवटोल बस्ने २४ वर्षीय मुक्तान शर्माको साथबाट लागु औषध नाइट्रोभ्याट २११ ट्याब्लेट वरामद गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरु माथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान कार्य अगाडी बढाईएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु