काठमाडौं- प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चले फैसला गरेपछि नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आपसमा लड्डु खुवाएर खुसियाली मनाएका छन्।
चितवन पुगेका अध्यक्षद्वय प्रचण्ड–माधवले एकअर्कालाई लड्डु खुवाएर खुसियालीमा मनाएका हुन्। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल बुधबार अपरान्ह चितवन गएका थिए ।
बिहीबार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका वेला सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने आदेश सुनायो । सँगै १३दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ ।
अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्डर माधव नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् । उनीहरुले कार्यकर्ताहरुलाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । भोलि हुने भनेको कार्यक्रम पनि अब विजयसभामा परिणत हुने भनिएको छ ।
‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई पदबाट तत्काल राजीनामा दिन सुझाव दिएका छन् । मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘ओलीजी तपाईंसँग थोरै मात्र लाज, घीन, नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्’
‘ओलीजी तपाईंसँग थोरै मात्र लाज, घीन, नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्’, उनले भने, ‘नत्र तपाईं इतिहासबाट मिल्काइनुहुन्छ ।’ सर्वोच्चको फैसलासँगै आफूहरूको पार्टी नै मूल पार्टी बनेको भन्दै उनले ओली समूहमा लागेका सांसदहरूलाई मूल पार्टीमा फर्किन आग्रह पनि गरे ।
उनले ऐतिहासिक फैसला गरेकाे भन्दै सर्वोच्च अदालत र संवैधानिक इजलासका न्यायाधीशहरूलाई धन्यवाद पनि दिएका छन् ।
‘ऐतिहासिक फैसला, अब संयुक्त सरकार बनाएर अगाडि बढ्छौं’: माधवकुमार नेपाल
सर्वोच्चको फैसलाले सडकको नेकपामा खुशी, प्रचण्डले भने- ‘जनताको जित हो, सबैलाई बधाई’

सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु