पोखराको वसुन्धरा पार्कमा युवक मृत फेला, शव नजिकै विषको बोतल

पोखराको वसुन्धरा पार्कमा युवक मृत फेला, शव नजिकै विषको बोतल

basundhara park

बिहीबार बिहान पोखराको वसुन्धरा पार्कमा एक युवा मृत फेला परेको छ ।

पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क स्थित रेशम नेपाली मृत अवस्थामा परेको हो । २५ वर्षका रेशम नेपाली  अर्घाखाँची घर भइ हाल पोखरा महानगरपालिका-०७ मुस्ताङचोक डेरा गरी बस्दै आएका थिए ।

निलो ज्याकेट लगाएका युवक पार्क भित्र अचेत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको नजिकै माछा मार्ने विष (Celphos Aluminium Phosphide) नाम गरेको बोतल फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ