पोखराको डाँडाकोनाक चेकपोष्टबाट लागु औषध सहित युवक पक्राउ

पोखराको डाँडाकोनाक चेकपोष्टबाट लागु औषध सहित युवक पक्राउ

pakrau

पोखरा – लेखनाथस्थित डाँडाकोनाकबाट एक युवक लागु औषध सहित पक्राउ परेका छन् ।

शुक्रबार अन्दाजी ३ बजेको समयमा नारायणगढबाट बाग्लुङतर्फ जाँदै गरेको ग १ ख ७८८३ नंवरको बसलाई पोखरा महानगरपालिका -२७ डाँडाकोनाक चेकपोष्टमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा अवैध लागु औषध सहित पर्वत जिल्ला कुश्मा नगरपालिका -३ बडडाँडा बस्ने २२ वर्षीय मनोज कुँवरलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त चेकपोष्टमा बस चेक गर्ने क्रममा कुँवरलाई शंका लागि खानतलासी गर्ने क्रममा प्रहरीले उनको साथबाट झोला भित्र पत्रिकामा टेपले बेरी राखेको अवस्थामा डाइजापाम ३४ एम्पुल, फेनारगन ३४ एम्पुल र नुर्फिन ३४ एम्पुल गरी जम्मा १०२ एम्पुल लागु औषध वरामद गरेको हो ।

पक्राउ परेका कुँवरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीका वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ