पोखराबाट अवैध लागूऔषध सहित २ युवक पक्राउ

पोखराबाट अवैध लागूऔषध सहित २ युवक पक्राउ

pakrau

पोखराबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्की जिल्ला पोखरा महानगरपालिका-२९ मुसेटुडा बस्ने वर्ष १९ को प्रकाश अधिकारी र पोखरा – ३० ढुङ्गेपाटन बस्ने वर्ष ३५ को राज कुमार मगर रहेका छन् ।

कास्की जिल्ला पोखरा महानगरपालिका-३० पावर हाउस स्थित खटिएको प्रहरीको चेकिङ टोलीले काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको बा २ ख ५४४७ नं. को हाइसमा सवार निम्न व्यक्तिलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट फेनरागन २६ एम्पुल, नुर्फिन ४९ एम्पुल र डाइजापाम-२३ एम्पुलको लागूऔषध सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिइएको छ ।

समातिएका दुबै जनालाई कारबाहीका लागि थप अनुसन्धान भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ