प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई पराजित गरेको छ । शीर्ष स्थानको रहेको सिटीलाई उसैको मैदानमा युनाइटेडले २(० ले पराजित गरेको हो । जितपछि युनाइटेड दोस्रो स्थानमा उक्लेको छ र सिटीसँग अंकदूरी ११ मा झारेको छ ।
सिटीको मैदानमा एतिहाडमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक श ले एक एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
सिटीका गाब्रीएल जर्ससले एन्थोनी मार्सियललाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।
५०औं मिनेटमा लुक शले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।
यस जितसँगै ओले गुनर सोल्सायर सिटीविरुद्ध तीन अवे खेलमा जित हात पार्ने युनाइटेडका पहिलो प्रशिक्षक बनेका छन् ।
जितपछि २८ खेलबाट ५४ अंक जोड्दै युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ६५ अंकसहित सिटी शीर्ष स्थानमै छ ।
युनाइटेडसंगको हारपछि सबैखाले प्रतियोगितामा गरेर सिटीको २८ खेलको अपराजित यात्रा टुंगिएको छ ।
सिटी पछिल्लो पटक सन् २०२० नोभेम्बरमा टोटनहमसँग पराजित भएको थियो ।
यस्तै सिटीको लगातार २१ खेलको जितको यात्रा पनि रोकिएको छ । प्रिमियर लिगमा लगातार १५ खेल जितेपछि सिटीले हार व्यहोरेको हो
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष