कास्की जिल्लाको रुपा गाउँपालिकाले विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने १३ स्रष्टालाई रुपा रत्नले सम्मान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले स्थानीय तह स्थापना दिवसका अवसरमा गाउँपालिकाको केन्द्र भिरकोटमा आयोजित कार्यक्रममा स्रष्टाहरूलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।
रुपा गाउँपालिकामा जन्म भएका साहित्यकार तथा लेखक हरिहर खनाल, अमर न्यौपाने, रामबाबु सुवेदी, बद्रीविनोद खनाल (प्रतीक), सूर्य खड्का विखर्ची, अभिनय तथा निर्देशक क्रियाशील रङ्गकर्मी मालोत्से गुरुङ, बक्सिङ खेलाडी चन्द्रबहादुर गुरुङ, तेक्वान्दो खेलाडी रमिला टी खत्री, कराँतेतर्पm सुवास खड्का, यु–१९ क्रिकेट खेलाडी सुनिल रानामगर, फुटबल दिपेश आले र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा योगदान पु-र्याएका र दिवल्ला मियाँलाई सम्मान गरिएको हो ।
सो अवसरमा मन्त्री रायमाझीले विविधतामा एकता भएको हाम्रो समाजमा विविध क्षेत्रमा स्रष्टाको उल्लेखनीय योगदान रहेको बताए । समाजलाई विभिन्न क्षेत्रबाट योगदान गर्न सकिने बताउँदै उहाँले मुलुकको विकास निर्माणमा क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले समाजका विविध पक्षमा अतुलनीय योगदान गर्नेहरुको सम्मान गरेको बताउँदै रुपामा जन्म भई हरेक क्षेत्रमा योगदान गरेका व्यक्तिलाई आगामी दिनमा पनि उच्च मूल्याङ्कन गरिने जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु