पोखरामा अवैधरुपमा चन्दा उठाएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको नयाँगाउँस्थित मितेरी पुलबाट चन्दा उठाउने रसिद सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
उनीहरुले रौतहटको टासी छोग्याल गुम्बा र गजुरा नगरपालिका कटानीको रसिदबाट पोखराका विभिन्न ठाउँमा चन्दा उठाउँदै हिँडेका भन्ने सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका स्थाई घर भई पोखराको पृथ्वी चोकमा बस्दै आएका निमा तामाङ, पदमबहादुर लामा, धनबहादुर लामा, विजय लामा र जितबहादुर थिङ रहेका छन् ।
लामा पोसाकमा गुम्बाको रसिद लिई चन्दा उठाई हिँडिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए ।
उनीहरुको साथबाट चन्दा बापत उठाएको ४२ हजार ४९१, गुम्बाका नाममा बनाइएको १२ थान रसिद ठेली, विभिन्न फाइल तथा रजिष्टर, मोवाइल सेट ७ थान बरामद गरेको प्रवक्ता हमालले बताए ।
पक्राउ परेका पाँचै जनालाई ठगी सम्बन्धी कसुर अन्र्तगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु