जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभित्र अत्यावश्यक बाहेकका भेला तथा जमघट नर्गन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा आज बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण दिनदिनै बढ्न थालेको भन्दै अनावश्यक सभा समारोह तथा भेला नर्गन अनुरोध गरेको हो ।
गृह मन्त्रालयले दिएको निर्देशन कास्कीमा पनि पूर्णरुपमा कार्यान्वयन गर्ने भन्दै अत्यावश्यक बाहेकका सबै भेला, जमघटमा प्रतिवन्ध लगाउने निर्णय बैठकले गरेको हो ।
विशेषगरी होलिलाई मध्यनजर गर्दै बैठकले होली मनाउदाँ स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्नुपर्ने बताएको छ । बैठकले सबै किसिमका आवागमन र भेटघाटमा मास्कको अनिवार्य एवम् उचित प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।
होटल, रेष्टुरेन्ट, सरकारी तथा गैर सरकारी कार्यालयहरु, शैक्षिक संस्था, व्यवसायिक फर्म एवम् बैंक तथा वित्तिय संस्थाहरुमा स्यानिटाइजर, मास्क, सामाजिक दुरी लगायतको मापदण्ड पूर्ण पालन गर्न गराउन अनुरोध गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले विज्ञप्तिमार्फत् जानकारी दिए ।
बैठकमा पोखरा महानगरका मेयर मान बहादुर जिसी, जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर अधिकारी क्षेत्री, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत बैठकमा सहभागी थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’