धादिङे राजकुमार, कमला र लक्ष्मीसँगै राजु, अर्जुन, अप्सराको आवाजमा आयो ‘फूल्यो गुराँस’ (भिडियो)

धादिङे राजकुमार, कमला र लक्ष्मीसँगै राजु, अर्जुन, अप्सराको आवाजमा आयो ‘फूल्यो गुराँस’ (भिडियो)

fulyo guras

धादिङका उदयीमान गायक गायिकाहरु राजकुमार बानियाँ, कमला घिमिरे र लक्ष्मी खड्कासँगै लोकदोहोरी सम्राटका रुपमा मानिने राजु परियार, युवा पुस्तामाझ प्रिय चकलेटी गायक अर्जुन सापकोटा र अप्सरा वलीको नयाँ गीत ‘फूल्यो गुराँस’ सार्वजनिक भएको छ ।

पानस फिल्मस् प्रालि र अप्सरा वलीको प्रस्तुतिमा आएको सो गीतको भाका राजकुमार बानियाँले तयार पारेका हुन् । शब्द नेत्र अर्यालको रहेको छ । गीतलाई अत्यन्त मन पराइएको छ ।

भिडियो पनि राम्रो बनेको छ । १२ घण्टामै झण्डै एक लाख भ्यूज कमाइसकेको सो भिडियोको निर्देशन निशान बानियाँले गरेका हुन् ।

भिडियोमा ६ जना गायकगायिकासँगै मोडलका रुपमा विक्रम नेपाली र रेश्मा सुवेदी छन् । भिडियो प्रकाश खड्काले खिचेका हुन् भने शिव पौडेलले सम्पादन गरेका हुन्। कोरियोग्राफर अमर सुनार छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ