भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ । ब्राह्राणबरियालगायतका स्थानमा हिजो पनि विरोध प्रदर्शन भएको थियो ।
हिजोको हड्तालका दौरान भएको झडपका क्रममा घाइते भएका मानिसले अस्पतालमा ज्यान गुमाएको अस्पतालले जनाएको छ ।
मोदीले विरोधका बाबजुद बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको जन्मशताब्दी समारोहमा भाग लिएका थिए ।
शुक्रबार उनले बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन् ।
मोदीको भ्रमणको पूर्वसूचना पाउनासाथ ढाकास्थित बैतुल मोकर्रम मस्जिदमा हिंसात्मक प्रदर्शन भएको थियो ।
प्रदर्शनकारीलाई तिरवितर बनाउन प्रहरीले अश्रुग्यास र रबरको गोलीसमेत प्रहार गरेको थियो ।
शुक्रबारको प्रार्थनापछि सयौं प्रदर्शनकारीहरू मस्जिदको बाहिर जम्मा भएका थिए ।
एउटा समूहले मोदीको अनादरको चिह्नका रूपमा जुत्ता उठाउन थालेपछि अर्को समूहले उनीहरूलाई रोक्न खोजेको थियो त्यसपछि हिंसात्मक झडप भएको अन्तरािष्ट्रय समाचार संस्थाले बताएका छन् ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु