कास्कीमा आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा महिला पक्राउ

कास्कीमा आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा महिला पक्राउ

mahila pakrau

पोखरा – आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ

बिहीबार राति अन्दाजी ११ :३० बजेको समयमा आफ्नै शिशुको हत्या गरेको अभियोगमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं -२ नौडाँडा बस्ने २२ वर्षीया गिता कुँवर सुनारलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए

बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं -३ घोसाखानी स्थायी घर भइ हाल नौडाँडा बस्दै आएकी उनले आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गर्नुको कारणबारे खुलिसकेको छैन । यद्यपी उनीमाथि कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ