प्रियंकाले फेसबुकमा लेखिन्–‘हाम्रो सानो चमत्कार’

प्रियंकाले फेसबुकमा लेखिन्–‘हाम्रो सानो चमत्कार’

priyanka

आफू गर्भवती भएको गाइँगुइँलाई अभिनेत्री प्रियंका कार्कीले सत्य सावित गरिदिएकी छिन् । परिवारसँग होली खेलेको तस्विरमा प्रियंका गर्भवती भएको अनुमान गरिएको थियो ।

उक्त तस्विरलाई आधार मान्दै उनी गर्भवती भएको गसिप पनि चलेका थिए । तर, प्रियंका स्वयमले सामाजिक संजालमार्फत आफू प्रेगेनेन्ट भएको पुष्टि गरेकी छिन् ।

प्रियंका केही मोटाएको र बेबी बम्प लुकाएको तस्वीरपछि धेरै फ्यानले उनलाई यो प्रश्न गरेका थिए । त्यसको केही दिनपछि प्रियंकाले आफू आमा बन्न लागेको भन्दै तस्वीर सार्वजनिक गरिन् । उनले लेखिन्–‘अबदेखि नसोध्नुहोला । हामी गर्भवती छौ ।’

यसपछि भने प्रियंकाले दैनिक एउटा तस्वीर राखिरहेकी छिन् । उनै, प्रियंकाले आयुष्मानसँगको एक तस्वीर राख्दै लेखेकी छिन्–‘हाम्रो सानो चमत्कार’ ।

नायिका कार्की र नायक देशराजलाई उनका फ्यान, शुभचिन्तकले वधाई दिइरहेका छन् । गतबर्षको फागुण १६ गते वैवाहिक जीवनमा बाधिएकी नायिका कार्कीले शुभचिन्तक, आफन्त र चलचित्रकर्मीबाट पाएको शुभकामनालाई आफूले मायाको रुपमा लिएको उल्लेख गरेकी छिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ