भारतमा पहिलो पटक १ लाख १५ हजार बढी संक्रमित भेटिए

भारतमा पहिलो पटक १ लाख १५ हजार बढी संक्रमित भेटिए

corona death

भारतमा एकैदिन १ लाख १५ हजार नयाँ संक्रमित भेटिएका छन् । यसका साथै ४ अप्रिलमा भेटिएको १.०३ लाख बिरामीको रेकर्ड तोडिएको छ । पछिल्लो २४ घण्टामा ५९ हजार ७ सय बिरामी निको भएका छन् भने ६ सय ३० को मृत्यु भएको छ ।

यससँगै सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २४ घण्टाभित्र सर्वाधिक ५४,७९५ को वृद्धि भएको छ । यसअघि अप्रिल ४ मा ५०,४३८ सक्रिय संक्रमित बढेका थिए । त्यतिबेला यो सबैभन्दा धेरै थियो ।

नयाँ संक्रमितमा सधैं झैँ सबैभन्दा बढी ५५,४६९ संक्रमित महाराष्ट्रमा भेटिए । ९,९२१ नयाँ संक्रमितसहित छत्तिसगढ दोस्रो नम्बरमा रह्यो । कूल सक्रिय संक्रमितमा पनि यो दुई राज्य शीर्ष २ मा छन् । महाराष्ट्रमा ४.७२ लाख, जबकी छत्तिसगढमा ५२,४४५ बिरामीको उपचार चलिरहेको छ ।

भारतमा हालसम्म करिब १.२८ करोड मानिस यो महामारीको चपेटमा आइसकेका छन् । यीमध्ये करिब १.१८ करोड निको भएका छन् भने १.६६ लाखले ज्यान गुमाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ