पोखराको फुस्रेखोलाबाट लागु औषधसहित दुई जना पक्राउ

पोखराको फुस्रेखोलाबाट लागु औषधसहित दुई जना पक्राउ

पोखरा -पछिल्लो समय पोखरामा दिनहुँ लागु औषधका कारोवारी पक्राउ पर्न थालेका छन् । लागु औषधका प्रयोगकर्ता समेत धेरै रहेको अनुमान गरिएको पोखरामा दिनहुँजसो अवैध लागु औषधका कारोवारी पक्राउ पर्नुले पनि यसका दुर्व्यसनी पोखरामा धेरै रहेको सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै मंगलबार अपराहन्न पोखरा -२१ फुस्रेखोलाबाट अवैध लागु औषध सहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले ग १६ प ५१५७ नंवरको स्कुटरमा सवार पोखरा -१७ बिरौटा बस्ने ३१ वर्षीय सुरज कुमार क्षेत्री र स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका -२ घर भइ हाल बिरौटा बस्दै आइरहेका ३२ वर्षीय दिपक कुँवरलाई अवैध लागु औषधसहित पक्राउ गरेको गण्डकी प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार पक्राउ परेका उनीहरुबाट फेनारगन ७० एम्पुल, डाईजेपाम ७४ एम्पुल र नुर्फिन ६६ एम्पुल गरी जम्मा २१० एम्पुल लागु औषध वरामद भएको छ ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ