पोखरा । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल आज (शनिबार) हुँदैछ ।
पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
आज दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा हुने छन् । फाइनल अघि दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।
संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । पटक पटक प्रतियोगितामा सहभागिता जनाएपनि संकटा पहिलो पटक फाइनल पुगेको हो ।
अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो । अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २(० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु