रोमाञ्चक खेलमा राजस्थानमाथि पञ्जाबको जीत

रोमाञ्चक खेलमा राजस्थानमाथि पञ्जाबको जीत

punjab

आइपीएलमा पञ्जाब किङ्स विजयी भएको छ। मुम्बईमा सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४ रनले हराउँदै पन्जाबले सुखद सुरुवात गरेको हो।

पन्जाबले दिएको २ सय २२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रनमात्र बनाउन सक्यो।

राजस्थानका लागि कप्तान सन्जु सामसनले १ सय १९ रनको शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्। विस्फोटक ब्याटिङ गरेका सन्जुले ६३ बलमा १२ चौका र ७ छक्का प्रहार गरे।

सन्जु आइपीएल इतिहासमा डेब्यु कप्तानीमा शतक बनाउने पहिलो खेलाडी हुन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds