आफ्ना विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउन काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलले मंगलबारदेखि नियमित कक्षा बन्द गरेको छ । स्कुलले सूचना जारी गर्दै भनेको छ, ‘कोरानो महामारीमा सरकारलाई हामी सघाउन चाहन्छौं । अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द भएको जानकारी गराइन्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना विद्यालय बन्द गर्न सिफारिस गरे पनि सीसीएमसी र मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेपछि विद्यालय सञ्चालक आफैंले पठनपाठन स्थगन गर्न थालेका हुन् ।
कोरोनाकै कारण मध्यपुर थिमी नगरपालिकाको एक निजी विद्यालयमा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको कान्ति बाल अस्पतालमा शनिबार मृत्यु भइसकेको छ । विद्यार्थीको मृत्युपछि एक दिन बिदा दिए पनि त्यहाँ कक्षा चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार पनि ४८ जना बालबालिकालाई कोरोना देखिएको छ । जसमा पर्साका मात्रै १० जना छन् । मंगलबार दुई वर्षीया बालिकामा समेत कोरोना पाइएको छ । चैत १४ यता मात्रै ३ सय ५० भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।
बिरामी भएका बच्चा मात्रै पीसीआर परीक्षणका लागि जाने गरे पनि संक्रमितको संख्या धेरै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इढीसीसी० का निर्देशक डा। कृष्णप्रसाद पौडलले बताए ।
मंगलबार ५ सय १७ जना (एन्टिजेन परीक्षणसहित) लाई कोरोना पोजेटिभ देखिएकोमा ४८ जना १८ वर्षभन्दा मुनिका छन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।
सम्बन्धित खबर
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’