हेटौंडा पुतलीबजारमा नाबालिकामाथि बलात्कार

हेटौंडा पुतलीबजारमा नाबालिकामाथि बलात्कार

rape

हेटौंडाको पुतलीबजार–६ मा एक नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगंज महानगरपालिका–२३ घर भइ हाल हेटौंडा उपमहानगरपालिका–६ मा डेरा गरी बस्ने २१ वर्षीय विशाल पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पासवानले हिजो बुधबार राती करिब १०ः३० बजेको समयमा हेटौंडा–६ पुतलीबजार नजिकैको खहरे लगेर करणी गरेको हो ।

नाबालिकालाई करणी भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रमुख प्रहरी उपरीक्षक समेतको टोली घटनाको प्रारम्भिक अनुसन्धान गरी पासवानलाई पक्राउ गरेको जिप्रका कमवानपुरले जनाएको छ । पासवानमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ