नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल समूहलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ । शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले समानान्तर कमिटी छाडेर मूल पार्टीमा फर्कन आग्रह गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
पार्टीको नाममा विभिन्न भेला र समानान्तर कमिटि गठन गर्दै जाने साथीहरूलाई मूल प्रवाहमा फर्किएमा उनीहरूलाई उचित जिम्मेवारी दिने ज्ञवालीले जानकारी दिए। ज्ञवालीले पार्टीमा नफर्किए कर्णाली प्रदेशका सांसदहरुलाई जस्तो थप कारबाही हुने चेतावनीसमेत दिए। उनले नेपाल समूह फर्किए स्थायी कमिटी बैठकमा पनि राखिने स्पष्ट पारे।
शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले स्थायी कमिटी गठनसँगै नेताहरूको जिम्मेवारी पनि तोक्ने निर्णय गरेको छ। बैठकले माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। स्थायी कमिटीमा बामदेव गौतमलाई भने राखिएको छ।
यस्तै, आजको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए।
वैशाख ६ देखि शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि छलफल भएको थियो।
शेरबहादुर तामाङ बने एमाले कार्यालय सचिव
प्रचण्ड–नेपाल पक्ष परित्याग गरी पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा पुगेका शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङले सचिव बनेका हुन् ।
तत्कालीन नेकपामा सुरुमा प्रचण्ड–माधव नेपाल समूहमा रहेका तामाङ पछि केपी ओली समूहमा लागेका थिए । एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ