खानामा किटनाशक औषधी खुवाएर आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ साबिक मूलपानी गाविस-२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ मा डेरा गरी बस्ने २९ वर्षीया पार्वती थापा मगर छिन्।
उनलाई प्रहरीले बुधबार उनकै कोठाबाट पक्राउ गरेको हो। ती महिलाले आफ्नै श्रीमान विष्णु थापा मगरको हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
घटना २०७२ सालको हो। उनीहरू सूर्यविनायक-४ मा डेरा गरी बस्थे। परिसर प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार उनका श्रीमान वैदेशिक रोजगारीबाट २०७२ माघ २७ गते फर्केका थिए।
भोलिपल्ट ती महिलाले छोराछोरीलाई स्कुल पठाएपछि श्रीमानका लागि छुट्टै भान्सा तयार गरेकी थिइन्। बिहान ९:३० बजे दाल, अण्डा करी, खाना खाएपछि उनका श्रीमानलाई उकुसमुकुस भयो।
उनैले तत्काल उपचारका लागि मध्यपुर अस्पताल लगिन्। श्रीमानको उपचारको क्रममा त्यही दिन मध्यान्ह १२ बजे मृत्यु भएको थियो। श्रीमानको मृत्युपछि ती महिला आफैंले प्रहरीमा जाहेरी दिएकी थिइन्।
यसपछि प्रहरीले अनुसन्धान थाल्यो। घटनास्थलबाट दाल, अण्डाकरी, खाना उठायो। मृतकको भिसेरासमेत संकलन गरेर प्रयोगशाला पठायो। ती नमूनामा किटनाशक विषादी फेला परेको रिपोर्ट आयो।
‘यो रिपोर्ट आउनुअघि नै उनी विदेश भागिसकेकी थिइन्,’ थापाले भनिन्। ती महिला विदेशमै रहँदा २०७४ साल पुस २७ गते मृतकका भाइले उनीविरूद्ध कर्तव्य ज्यानमुद्दामा जाहेरी दिएका थिए।
ती महिला दुई महिनाअघि नेपाल फर्केकी थिइन्। उनलाई खोजी गरिरहेको प्रहरीले बुधबार पक्राउ गरेको थापाले बताइन्। उनी जोर्डन गएकी थिइन्।
प्रहरी उपरीक्षक थापाका अनुसार ती महिलाको अन्य पुरूषसँग सम्बन्ध थियो। त्यो कुरा खुल्ने डरले उनले श्रीमान विदेशबाट आएकै भोलिपल्ट खानामा किटनाशक विषादी हालेर दिइन्।
उनलाई अहिले कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताइन्।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो