कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

siddikee

काठमाडौं : कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ। सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएको अस्पतालले जनाएको छ।

नेपालगञ्ज–३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो। उनलाई मधुमेहको समस्या रहेको डा. थापाले बताए। मुश्लिम समूदायको हक हितका लागि आफ्नो जीवन समर्पण गरेकी सिद्दिकी राजनीतिमा मुश्लिम समुदायबाट एक्लै होमिएकी थिइन् ।

२०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्दिकी संविधान सभामा समानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभाषद् बनेकी थिइन्। सिद्दिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आएकी थिइन्। भारतबाट अङ्ग्रेजी साहित्यमा स्नातक सिद्दिकीका दुई छोरा र एक छोरी छिन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds