गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । बेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा अध्ययन गराउने काठमाण्डौ वर्ल्ड स्कूलले पोखरामा अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको छ ।
स्कूलले अहिले देशैभरि अन्तरक्रियात्मक नेपाल टुर कार्यक्रम गरिरहेको छ । सोहि क्रममा पोखरामा पनि साक्षात्कार कार्यक्रम आयोजना गर्दै स्कूलका प्रतिनिधीले पछिल्लो समयको शिक्षा परिस्कृत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै स्कूलका अध्यक्ष ई. मिथलेस कुमार झाले अहिलेका बालबालिकाको प्रतिष्पर्धा नेपालका बालबालिकासंग मात्र नभई विश्वभरका विद्यार्थीसँग हुने भएकोले त्यही अनुसार तयार गर्दै जानुपर्ने धारणा राखे । झाले आईटी क्षेत्रमा धेरै भविष्य भएकोले त्यो तर्फ अभिभावकहरूले पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले २०५० सम्ममा शिक्षाको नयाँ ट्रेन्ड आउने बताउँदै समय परिवेश अनुसार आफूलाई तयार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा काठमाडौ वर्ल्ड स्कुलका प्रिन्सिपल केशर बहादुर खुलालले आफ्ना सन्तान सफल भए मात्र अभिभावक सन्तुष्ट हुने बताउँदै बालबालिकाको शिक्षामा लगानी गरे मात्रै सन्तान सफल हुने दाबी गरे । सन्तानको भविश्यका लागि अभिभावकहरूले सही समयमा सही निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
पोखराको कार्यक्रम अपेक्षित रुपमा सफल भएको ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले बताए । कार्यक्रमको सञ्चालन शैल्ताज कुँवरले गरेकी थिइन् ।
यो स्कूल नेपालमा शैक्षिक गुणस्तरका कारण विशिष्टकृत स्कूलका रुपमा परिचित छ । विद्यार्थीको राम्रो भविष्यका लागि अभिभावकलाई छोराछोरी पठाउन काठमाडौ वर्ल्ड स्कूलले आग्रह समेत गरेको छ । अन्तरक्रियात्मक कार्यक्रममा पोखराका शैक्षिक क्षेत्रका सरोकारवाला, अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो । सो स्कूल सूर्यविनायक ७ गुण्डु, भक्तपुरमा रहेको छ ।
आधुनिक सिकाइको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कूलले जनाएको छ ।
२०७५ सालदेखि सञ्चालनमा आएको स्कूलले यही वर्षदेखि क्याम्ब्रिज विश्वविद्यालय स्तरको शिक्षा अध्ययन गराउने प्रक्रियामा रहेको स्कूलले जनाएको छ । हाल कक्षा १ देखि ५ सम्म बेलायती पाठ्यक्रम, ६ देखि ९ सम्म राष्ट्रिय पाठ्यक्रम अध्यापन हुँदै आएको छ । कक्षा १२ मा अहिले विज्ञान, व्यवस्थापन, मानविकी तथा कानून संकायको अध्यापन हुँदै आएको स्कूलले जनाएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’