नेपाल आयाल निगमले ग्यास अभाव नभएकाले कोहि आत्तिनु नपर्ने बताएको छ । बजारमा ग्यासको कुनै अभाव देखिएको छैन र भविष्यमा समेत ग्यास आपूर्तिमा कुनै समस्या नआउने निगमले प्रष्ट पारेको छ ।
नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले यदि फेरि पनि मुलुक लकडाउनमा जाने अवस्था आयो भने पनि निगमले सहज आपूर्तिको व्यवस्था गर्ने र बजारमा ग्यास, तेलको अभाव हुन नदिने स्पष्ट पारेका छन् । अहिलेको अवस्थामा आपूर्ति व्यवस्था सहज रहेको र पर्याप्त ग्यासको स्टकसमेत रहेकाले कोही पनि आत्तिनुनपर्ने निगमको भनाई छ ।
आम उपभोक्ताहरू भने एलपी ग्यास उद्योग संघको उशुक्रबारको सूचनालाई लिएर त्रसित भएका छन् । गत शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघले आम उपभोक्ताको ध्यानाकर्षण गर्दै एउटा विज्ञप्ति निकाल्यो र विज्ञप्तिमा भनेको थियो, ‘कोरोना महामारीका कारण भविष्यमा ग्यासको आपूर्ति प्रणालीमै असहज स्थिति आउन सक्ने भएकाले जति सक्दो चाँडो आफूसँग भएको खाली सिलिन्डर भर्न नेपाल एलपी ग्यास संघ आम उपभोक्तालाई आग्रह गर्दछ’ ।
निगमका कार्यकारी निर्देशक पौडेलका अनुसार अहिलेको अवस्थामा आपूर्तिले बजारको मागलाई धानेर स्टकसमेत बसेको छ । हालका लागि आपूर्ति व्यवस्था नै ठप्प भइहाले पनि अधिकतम २१ दिनसम्मलाई धान्न पुग्ने ग्यास स्टकमै रहेको पौडेल भनाइ छ ।
पौडेलले निगमले त स्टक बढाउन मात्र आग्रह गरेका तर, व्यवसायीहरुले अघि बढेर उपभोक्ताहरुलाई सिलिण्डर भर्न नै अपिल गर्दा बजारमा नकारात्मक सन्देश गएको बताए ।
सन्दर्भ सामाग्रीः रातोपाटी
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष