कास्कीमा अहिले सक्रिय संक्रमितको संख्या ६ सय ३३ कटिसकेको छ । हप्तादिनमै संक्रमण हुनेको संख्या दोब्बरले बढेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको चेन ब्रेक गर्न वैशाख मसान्तसम्म लकडाउन गर्न वा देशव्यापी गर्न नसके जिल्ला जिल्लामा संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्न सरकारलाई सिफारिस गरेको छ ।
आइतबार बैठकपछि गरिएको सिफारिसमा पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय जना संक्रमित भएमा सम्बन्धित जिल्लास्थित डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ । जसको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गरेका छन् ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै कास्की पनि उच्च जोखिमको सूचीमा छ । कास्की सहित काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुर, मोरङ, पर्सा, दाङ, बाँके, रुपन्देहीमा हाल ५ सय बढी सक्रिय संक्रमित छन् ।
कास्कीमा आइतबार साँझसम्म यसको संख्या ६ सय ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ । कास्कीमा अघिल्लो सातासम्म ४ सय ९ सक्रिय संक्रमित रहेकोमा बढेर ६ सय ३३ पुगेको हो । यो तथ्यांक हेर्दा सीसीएमसीको गरेको सिफारिस अनुसार कास्कीमा पनि निषेधाज्ञा हुने संकेत देखा परेको छ ।
कास्की प्रशासनद्वारा अनुगमन तीब्र, पार्टी प्यालेसहरुमा अनुगमन
कास्की प्रशासनले कोभिड–१९ को रोगथाम र नियन्त्रणको लागि सचेतना एवम् अनुगमनलाई तीव्र बनाएको छ । पोखरा बजारमा दिनानुदिन संङ्क्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सार्वजनिक स्थानमा सुरक्षा मापदण्ड अपनाउन सर्वसाधारणलाई सचेत गराउनुका साथै बिभिन्न समारोह हुने पार्टी प्यालेसहरुमा अनुगमन बढाएको हो ।
प्रशासनले आइतबार कास्की पोखराका अधिकतम भिडभाड हुने ठाउँहरु चिप्लेढुङगा, अमरसिह चोक र पृथ्वीचोकमा माक्स नलगाउने व्यक्तिलाई एक घण्टा नियन्त्रणमा लिई कोरोना भाइरबाट बच्न अप्नाउनु पर्ने स्वास्थ्य मापदण्ड लगायतमा जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार अनुगमनका क्रममा आज माक्स नलगाउने एक हजार ७८ जनालाई नियन्त्रणमा लिइ कोरोना सचेतनाबारे प्रशिक्षण दिइएको छ । उक्त अवसरमा सामुदायिक प्रहरीको सकृयतामा माक्स समेत वितरण गरिएको थियो ।
प्रशासनले पोखराका बिभिन्न पाँचवटा पार्टी प्यालेसमा पनि अनुगमन गरेको छ । कोरोना सङ्क्रमणको दर बडिरहेका अवस्थामा प्रत्येक नागरिक आ–आप्mनो ठाउँमा सतर्क बन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै प्रजिअ गौतमले प्रशासनले अनुगमनको कामलाई निरन्तर अघि बढाउने उल्लेख गरे ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’