चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताए ।
आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउँदै उनले भने, “हामी पार्टी बलियो बनाउने अभियानमा जुटेका छौँ । पार्टी फुटाउन खोज्यो भन्नुहुन्छ बा ।” अर्को पार्टी बनाएको आरोपको खण्डन गर्दै उनले थपे, “कहाँबाट पार्टी फुटाउनु । हामी यो पार्टीका कार्यकर्तालाई लाखा-पाखा हुन दिँदैनौँ । एकताबद्ध बनाउँछौं । सही विचारको पक्षमा उभिने बनाउँछौं ।”
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, “उहाँले समस्याको कारण खोजी पहिचान गरेर गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो धारणा हो ।” आफू र ओली बीचको एकता सम्भव रहेको बताउँदै उनले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिएर विसं २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताए । उनले भने, “पार्टी विभाजन भएको छैन । लचिलो बन्नु पर्यो भन्ने कुरा हो ।”
कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टीभित्र सङ्घर्ष बढेको उनको भनाइ थियो । समस्या समाधानका लागि राजनीतिक रुपमा हल खोज्नुपर्ने उनले बताए । पार्टी भित्रको समस्या के हो ? कार्यकर्ताको भावना के हो भन्ने बुझ्न जरुरी रहेको उनको जिकिर थियो । कर्णाली प्रदेशका सांसदहरुलाई गरिएको कारवाही जायज नभएको नेता नेपालले दाबी गरे ।
सम्बन्धित खबर
बालेनले भने – ‘मिसन ८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ’
रास्वपाको राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ हुने
रास्वपामा स्वर्णिम वाग्ले उपसभापति बन्दा अनिलकेशरी शाह केन्द्रीय सदस्य
राजा ल्याउन खोज्ने चेष्टा नगर्न नेकपा एसका अध्यक्ष नेपालको चेतावनी
दुर्गा प्रसाईंको प्रदर्शनमा ९ हजार र युवा संघमा ७ हजारको सहभागिता रहेको सुरक्षा निकायको आंँकलन
माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका