काठमाडौं । नियम भनेको नियम नै हो । नियम लगाएपछि त्यसको पालना सबैले गर्नैपर्छ । त्यस्तै भएको छ थाइल्याण्डमा । सरकारले बनाएको नियम प्रधानमन्त्रीले नै तोडेपछि उनलाई जरिवाना लागेको छ ।
थाइ प्रधानमन्त्री जनरल प्रयुत चान ओचालाई मास्क नलगाएको आरोपमा ६ हजार भाट (१९० अमेरिकी डलर) अर्थात् नेपाली २१ हजार बढी जरिवाना गरिएको छ ।
थाइल्याण्डमा कोरोना खोप अभियानका बिषयमा आफ्नै अध्यक्षतामा आह्वान गरिएको बैठकमा प्रधानमन्त्री प्रयुथ चान ओचाले मास्न नलगाएको भन्दै उक्त रकम बराबरको जरिवाना गरिएको हो ।
बैंककका गभर्नर अश्विन क्वांमुआंगका अनुसार प्रधानमन्त्री बिना मास्क बैठकमा सहभागी भएको भन्दै प्रहरीमा उजुरी परेपछि कारबाही गरिएको हो । जबकि तिनै प्रधानमन्त्रीले कोरोना महामारीका बीच मास्क नलगाउने जो कोहीलाई २० हजार भाट जरिवान गर्ने नियम लगाएका थिए ।
थाइल्याण्डमा कोरोनाका कारण हालसम्म ५९ हजार २२५ जना संक्रमित भइसकेका छन् । मंगलबार २ हजार १७९ जना संक्रमित थपिएका छन् । १५ जना मृतक थपिएका छन् ।
हालसम्म १६३ जनाको ज्यान गइसकेको छ । थाइल्याण्डमा अझै २५ हजार ९७३ जना सक्रिय संक्रमित छन् ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु